कविता

आमा
शालिकराम पन्थ "कान्छो"
दिगाम छ गुल्मी नेपाल
हाल : अबुधाबी यू. ए. इ.

हे आमा म त आए परदेसी ठाउँमा फर्कन्छु छिट्टै भनेर ।
दिन रात रुदै बसी होलिन आमा मेरै दिन गनेर ।।
नहेर्नु हे आमा थोर्गा को डाँडामा आयो को छोरा भनी ।
म आउन पाउदिन यो दसै तिहार नबस्नु दिन गनी ।।

आमा ले भन्नुहुन्थ्यो पुगेर ठाउँमा चिट्ठी लेख्नु है घर ।
आउँदैनौ बाबु जबसम्म फर्केर रुदै बस्नी हो अब ।।
छन तिम्रा साथीहरु जम्मा भएर गर्छन् रमाइलो कती ।
किन हो नआउनी हे बाबु तिमीले घरै भुलेको हो कि ।।

आउछन रमाइला चाड पर्ब हरु हुन्छ नराम्रो मन ।
लाग्दैन रमाइलो तिमी नहुँदा सम्झेर रात दिन ।।
सुक्यो ज्यान मेरो रोयर रातदिन चेहरा बदली गयो।
चिन्ता लिदा लिदै बिदेश मै यहाँ आधा जिबन गै गयो ।।



भगवान

शालिकराम पन्थ 'कान्छो'
दिगाम छ गुल्मी नेपाल
हाल : अबुधाबी यू.ए.इ

सबै लाई बताए जिन्दगी के हो तर म आँफै बुझ्न सकिन ।
भगवान भनी पूजा गर्छन् सबै म ढुङ्गा भनी पुज्न सकिन ।।

स्वार्थी रहेछ त्यो भगवान कसैले केही नभने पनि ।
सधैं म भन्नेछु भगवान तलाई स्वार्थी त नै हो भनी ।।

भगवान त स्वार्थी छैनस भने देखा आफ्नो रुप रेखा ।
यदी त देउता नै होस् भने सारा संसार शान्त बनाइ देखा।।

किन यस्तो बनाउछस हे भगवान! सबै तेरा शन्तती हुन भने ।
सिध्याइदे हे भगवान सबै दु:ख अनी असहाय पनि ।।

भत्काइदे हे भगवान धनी हरु का महल अनी ।
बनाइदे हे भगवान गरीब हरु लाई टहरा पनि ।।

मानब को परिचय के हो हे भगवान त आफै दे ।
कुन मानब कस्तो छ हे भगवान त आँफै परिक्षा ले ।।

दर्शन दिन सक्छ्स भने हे भगवान भनिहाल सबै लाई चे ।
यती पनि गरिनस भने हे भगवान तेरो मान्यता नै रह्यो के ।।

यदी त देउता नै हो हे भगवान देखा आफ्नो रङ रुप ।
यो सबै गरिस भने हे भगवान त ढुङ्गा नै भयपनी चढाउछु धुप ।।



तिमी

कति धेरै भाग्यमानी मान्छे म
साकार श्री
हाल हाबुधावी यू.ए.ई

एकै बारमा चोट पाएा
उसै माथि झनै बधाई
कति धेरै सक्ने मान्छे तिमी
एउटा हातले चोट दिई अर्को हातले बिष दिने
झनै रात नै बनाइ दिने
हत्केलाले घाम छेक्ने ।

कति धेरै भाग्यमानी म
दुखेरै झनै दुख्नु पर्ने
बिना दोष दोषी बन्नु पर्ने
अचानो भै अचानो नै बन्नु पर्ने
ठिकै छ चोट देऊ या पिडा
उसै माथि बधाई
जितौ जित संसार नै जित्ने मान्छे तिमी
बहादुर नामै नेउ जित बहादुर, म बनुला हारुवा
तर..........
याद राखेस नि
मलाई जिताएर जित मान्ने मान्छे तिमी
सक्दो जित जितौं
सायद सोच्दै हौला संसार नै जिते
बिजयको उत्सब नै मनाउ
तर.................
तिम्रो जितमा साथी हार देख्छु म
तिम्रो जितलाई वास्तविक जित मान्दिन
किन कि,
तिमीले एउटा चिजलाई जित्न सक्दैनौं
त्यो हो भगवानलाई
साथी,
भगवानलाई मात्र थाहा हुन्छ
जित के हो? हा के हो?
बस तिमी मान्छेलाई र मलाई मात्र जित्न सक्ने
तर भगवान र समयलाई हैन ।

तिमी अबिजयी, हरुवा र कायर हौं
मलाई अनि मान्छेलाई जित्ने
एक खुंखार हरुवा हौं ।
किन कि भगवानलाई कसैले पनि जित्न सक्दैन ।
कहिल्यै .....
 
 
मन

मनराज योङहाङ
पृथ्बीनगर - २, झापा
हाल अबुधाबी
संसारको मानव जातीको
अन्तरहृद्यमा बास गर्ने यो मन
थाहै नपाई मांशपेसीको पर्खाल तोडी
त्यसै, त्यसै संसार डुल्न जान सक्ने यो मन
कस्तो अद्भूत शक्ति हो यो ?
अहो,अहिले यहाा थियो, तर
अहिले फेरि कोषौं टाढा रमाइरहेछ
कस्तो अचम्म ।

स्वरुप, रंग, चाल, बोली केही पनि छैन
न त देख्न सकिन्छ न त स्पर्श नै
कस्तो शक्तिशाली शक्ति होला
जस्ले यस्लाई बनायो,
माध्यम चाहिदैन यसलाई यात्रा गर्नलाई
न त सवारी साधन नै, जब चितायो तब
क्षणभरमै कोषौं पारी पुगि दिने
साह्रै बिछट्ट प्रवृतिको ।

आफूसाग रहदा साह्रै हलुका यो
तर अर्को मनको गाठोमा बाधिए पछि
साह्रै गाह्रो यो बोक्न र फूकाउनलाई
बिसाउने ठाउा पाइदैन
खोल्नलाई गाठो भेटिदैन, तर पनि
यो बोझ गाह्रो भइरहन्छ
र गाठो, गाठो बनि नै रहन्छ ।

मन र शरिरको कस्तो सम्बन्ध
शरिर रहेर पनि शरिर मै नपाइने
खोज्ने ठाउा छैन र राख्नलाई सम्भावना नै छैन
शरिर आपसमा अलग्गिए पनि
कोषौं टाढा पुगेपनि यो मन
कहिले यता र कहिले उता गरिरहने
साह्रै चुलबुले यो मन ।

शरिर र शरिर बिचको फरक दुरी नाप्न सकिने
तर मन र मनको दुरी नाप्न नसकिने
किनकी मन-मन बिच दुरी पाउन गाह्रो
त्यसैले होला मनलाई मनसाग अलग्ग राख्न नसकिने ।

मलाई लाग्छ संसारकै, ब्रहमाण्डक
सबैभन्दा प्यारो, अदृश्य र शक्तिशाली
चिज हुनु पर्छ यो मन
न त बिज्ञानले यसको स्वरुप दिन सक्छ
न त गति नै नाप्न सक्छ
त्यसैले मलाई लाग्छ
यो मन संसारको
आठौं आश्चार्यको पंक्तिमा राखियो भने
सर्वप्रथम यसकै नाम आउछ ।
आज सृष्टिको युगौ युग बितायौं
तर यिनै मानव प्राणीले
आफूसाग रहने आˆनो मन देखेनन्
शायद मानव प्राणीसाग यो मन रिसायो की
तर त्यसो होइन
कोही पनि रिसाउने ब्यक्तिसाग सधै साथ रहदैन
यो त चौबिसै घण्टा आपसमा रहन्छ
र चाह्यो भने सेकेण्डमै
बिश्व भ्रमण गर्न निस्कन्छ

कहिले आफूसाग रिसाउाछ कहिले आफैलाई
हसाउाछ कहिले रुवाउाछ पनि
बुझ्नै सकिदैन यस्को बानी
तर मन लाग्दा यसलाई पाउन सकिन्छ
यो साग दुःख सुखका कुरा गर्न सकिन्छ
त्यसैले यो प्यारो छ,
मेरो मन, मेरो मन, मेरो मन अनि
मेरै आˆनो प्यारो मन ।।
 
 
बेहोसी मान्छेहरु

राजेन्द्र प्रसाद न्यौपाने ''प्रशान्त"
कुमरी गा.बि.स-६, नुवाकोट
हाल अबुधाबी, यू.ए.ई
केन्दि्रय सदस्य स.वा.प्र. यूए.ई.
यहा मान्छेहरु
चढाउाछन् जीशशलाई
शूलीमा
पिलाउादछन् सूकरातलाई
बिषको प्याला
गान्धी र लिङ्कनलाई
पड्काउादछन् गाली ।
यहा मान्छेहरु
निम्त्याउाछन् थरीथरीका
कोतपर्वहरु
धर्मभक्त र शुक्रराजलाई
झुण्ड्याउादछन् डोरीले
गंगालाल र दशरथलाई
भुट्दछन् गोलीले ।
यहा मान्छेहरु
मान्छे माथि मान्छे चढी
भ्रमण गर्दछन् तीर्थस्थलहरुमा
पाप गरी गरी
धर्म गरेको
भ्रम पाल्दछन्
मानव एकत्वको
दर्शन बिना
दृढ संकल्प शक्ति

प्रगाढ आश्था बिना
बेहोशी जिन्दगी
बिताएर बस्दछन् ।
 
 
वहादुर प्रमिथस र कृतघ्न हामी

प्रशान्त खरेल
झापा, नेपाल
हाल - अबुधाबी, यु ए इ

युगिन अन्धकारको साम्राज्य भित्र
टिलपिल चम्किरहेका एकजोडि आँखाहरू
तिक्त विशक्त परित्यक्त
समयको गर्भ भित्र चियाउँदै
छाँट छाँटका काँट काँटका तरेलीमा
चुस्त चुस्त सुस्त सुस्त हुर्हुराउँदै
पाइला पाइला अक्कर माथी
आकाशङ्गा समुन्द्र बिचमा खोज्दै
भेदयौ लक्ष्य यामानको पहाड फोरेर
साम दाम दण्ड भेद
छल कपट जाल झेल तिमि बलशाली
गरेर पौरख जित्यौ कुत्सित दुरासयलाइ
उठायौ मशाल आगत छैन वास्ता
हिँड्यौ फटाफट गन्तब्यमा
टेक्दै लासहरू गह्रौ पाइलाहरूले
निर्वल लाचार पिलन्धरे
आकाश तर्फ फर्किएर फल ताक्ने
लड्न नसक्ने बिद्रोहको ज्वाला बोकी
फगत विवशता पोख्दै चुपचाप सहने
निरिह लाचार हाम्रा लागी
चेतनाको ज्योती आगो लिएर आयौ तिमि
सारा बाधा ब्यबधान परास्त गरि
महान् प्रमिथस बहादुर प्रमिथस निडर प्रमिथस
तिम्रा शरिरका चोटहरूबाट बगेका
रगतका आला टाटाहरू देख्दा देख्दै
युद्ध गरेर शत्रुसँग जिति ल्याएको आगो
तिम्रो महानता र पौरख बेवास्ता गर्दै
प्रमिथसले आगो चोरेर ल्यायो भन्ने
थुक्क कृतघ्न हामी लाछीहरू



'सोचहरु'


लक्ष्मण सापकोटा 'बिकल्प'
केन्दि्रय अध्यक्ष सर्वदा यू.ए.ई

कुकुरहरु भुक्दै जाउ
म हात्ती लस्कदै जान्छु
टोक्न खोज्छौं पछिबाट
त्यस्तालाई कायर ठान्छु ।

उद्देश्यमा हिंडेको छु
पुग्छु एकदिन उचाईमा
सफलता पाई छोड्छु
हिंडेको छु सच्चाईमा ।

मृत्यु मेरो हुन्छ गह्रौं
हिमालय पर्वत जस्तो
हुन्छ मृत्यु दुष्टहरुको
प्वााख भन्दा पनि सस्तो ।








बुझ्न बाकी

पहाडका खोचहरुमा
लक्ष्मण सापकोटा-विकल्प)
सर्वदा यूएई अध्यक्ष


 तिम्रा खिया परेका सोचहरुमा
आफ्नो बिचार लाद्न खोज्नेहरु
सत्यानास भएका तानाशाहहरु
जर्बजस्तीको परिवर्तनको
यहाा ढोल पिट्नेहरु
केवल आफ्नो दम्भको खातिर
देशै टुक्र्याउान तयार हुनेहरु
अब त तिमीहरु पनि
सच्चाइको नजिक पुग
बुझ हे मान्छे मार्ने मान्छेहरु
यो त एक्काइसौं शताब्दीको युग

सर्बदाचोक अबुधावी
यूएई


संघियता जातिवाद र नेपाल


सालिकराम पन्थ -कान्छो)
दिगाम - ६ गुल्मी, नेपाल
हाल आवुधाबी

संघियता र जातिवादको कुन युगमा जाादैछौ तिमी आज ।
सोच्यौं एकपल्ट अनि देखाऊा एउटै राष्ट्रियता संसार माझ ।।
म नेपाली नै हो हैन नेवा, कोचिाला र थारुवान ।
तिमी ने चाहे भन मलाई म हैन किरात अनि लिम्बुवान ।।

मलाई थाहा छ जन्मे त्यतिबेला मेरो देश नेपाल थियो ।
म हुर्के बढें अनि पढें त्यो देश पनि नेपाल नै थियो ।।
आज एक्काइसौं शताब्दीको मानव म कसरी ''नेपालीबाट" भोजपुरी भए ? ।
कसरी अवध, तमुवान ताम्सालीङ्ग र मिथिला भए ?।।

मधेश अलग भयो रे काठमाण्डौं अब राजधानी रहेन भन्छन् ।
नदि नाला र सिमा क्षेत्र भारत र चिनले मेरो भन्छन् ।
बुद्धको जन्मस्थल पनि आज भारतले मेरो हो भन्छ ।
सगरमाथा र कञ्चनजङ्घा भोली चिनले मेरो हो भन्छ ।।

कहिले उठ्छौं तिमी मेरो हो भन्न तिम्रो आˆनो नेपाललाई ? ।
उठ् जाग अनि भगाऊ ति संघियताका पहरेदारहरुलाई ।।
सेती कर्णाली र भेरी कर्णाली किन भन्छौं मेरो देश हो नेपाल ।
बुद्ध जानकी अनि म र तिमी जन्मेको हाम्रो देश हो नेपाल ।।