सूचना

यू.ए.ईमा ९८औं युग कवि सिद्धिचरण श्रेष्ठ जन्मजयन्ती मनाईदै ।

चेतन कार्की ''चन्द्रचेतूा"
आवुधाबी, यूएई

सर्वदा वाङ्मय प्रतिष्ठान् यु.ए.ईले यहि २१ में २०१० का दिन यूएईको राजधानी आवुधाबी स्थित केरला सोसीयल सेन्टरमा ९८औं युग कवि सिद्धिचरण श्रेष्ठ जन्मजयन्ती मनाउने जनाएकोछ ।
उर्वसी, आाशु, कोपिला, कुहिरो र घाम, उत्तरा विलाप जस्ता उत्कृष्ट कृति का रचयीता श्रेष्ठ प्रवल गोरखा दक्षिण बाहु, विख्यात् त्रिशक्ति पट्ट जस्ता मान तथा पदकबाट विभूषित थिए । मेरो प्यारो ओखलढंुगा जस्ता लोकपि्रय कविताबाट चर्चित युगकवि शिद्धिचरण श्रेष्ठको संझनामा युएईमा पहिलो पटक यस्तो कार्यक्रम आयोजना गर्न लागिएको हो ।
प्रतिष्ठानको सन् २०१० लाई साहित्यिक बर्ष मनाउने पूर्व घोषित निर्णय अनुसार उक्त कार्यक्रम गर्न आयोजना गरिएको बुझिएको छ । यूएईमा छरिएर रहेका सम्पूर्ण नेपाली साहित्यनुरागी द्धारा बिभिन्न साहित्यिक रचनाहरु -कविता, गजल, मूक्तक, हाईकू, लघुकथा आदि) वाचनका साथ ९८औं युग कवि सिद्धिचरण श्रेष्ठ जन्मजयन्ती भब्यरुपमा मनाइने सो प्रतिष्ठानका अध्यक्ष लक्ष्मण सापकोटाले जानकारी दिए ।